काठमाडौ, २९ असोज । आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिनेछ। यसपालि दसैंका लागि मात्रै १० अर्बभन्दा बढी रूपैयाँको नयाँ नोट छापेको छ। एक जनाले १८ हजार पाँच सय रूपैयाँसम्म साट्न पाउने सुविधा छ ।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन् । यसपटक क्युआर कोडमार्फत रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिनेछ । हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ ।
प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार