२०८३ भाद्र १ गते सोमवार | 2026 August 17th Monday

रेशम चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, २३ कार्तिक । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाइ हुने हुँदैछ । सो रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी जेठ १५ गते रिहा भएका थिए ।

त्यसपछि टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते नै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस