२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

अबका युवाहरुले केक काटेर जन्मदिन मनाउने बानीको बिकास गर्नु हुदैन : दिपक

दाङ, ३ मंसिर । तुलसीपुर उपमहानरपालिका ८ निवासी दिपक केसीले दिदि घर संरक्षण गृहमा बालबालिकाहरुलाई शैक्षिक तथा खेल सामाग्री वितरण गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारी शनिबार केसीले तुलसीपुर ६ स्थित दिदि घर संरक्षण गृहमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेका हुन

पछिल्लो समयमा  मानिसहरुले जन्म दिनको भन्दै विभिन्न खाले देखा सिकि गर्दै आइरहेको तर आफुले आफ्नो जन्मदिनमा सामाजिक कार्यमा जाेडिनु पर्छ भन्ने भावनाको विकास गर्न बालबालिकालाई सहयोग गरेको बताए । यस्तै के.सिले अबका युवा हरुले केक काटेर जन्मदिन मनाउनु भन्दा पनि असहाय, दुखी, गरीब,अनाथ भएको ठाउँमा सहयोग गर्नु पर्ने बताए । ऊनी पछिल्लो समयमा व्यापार राजनीतिक लगायत विभिन्न संस्थामा आबद्ध समेत रहेका छन् !

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस