२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : देउवा

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको बताए ।

‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ सभापति देउवाले भने । उनले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताए । गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भन्ने प्रश्नमा सभापतिले देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं।’

गठबन्धन नेतृत्वको सरकारको आलोपालोका विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले ‘पछि थाहा हुने’ बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस