दाङ, १७ मंसिर । दाङकाे तुलसीपुरबाट एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तुलसीपुर बसपार्क स्थित सम्झना टाेलमा आईतबार भएकाे कार्यक्रमबाट एमाले,काँग्रेसलगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई पार्टीमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्की र पार्टीका निर्वाचन आयाेग समिति संयाेजक कुबेर ओलीलगायतले स्वागत गरेका हुन् । त्यस अवसरमा नव प्रवेशीहरूले पश्चिम दाङमा माओवादी केन्द्रकाे सरकारले नै विकासकाे ढाेका खाेलेकाले आफूहरूले त्यसमा सहयाेग गर्ने बताएका छन् । त्यस अवसरमा मन्त्री मास्कीले जनताले जुन अपेक्षा देखेर गाेलबद्ध हुन आएका छन्, ती अपेक्षा पूरा गर्ने बताए ।
त्यस अवसरमा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चाैधरी, जिल्ला सचिब विश्वराज आचार्य, नेता विरेन्द्र परियारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।