दाङ, २२ मंसिर । ५औ अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवसको अवसरमा दाङको तुलसीपुरमा दिप प्रज्वलन गरिएको छ । तुलसिपुरमा रहेको सहायता केन्द्र नेपालले दिवसको अवसर पारी बिपी चोकमा आज दिप पज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले पुरुषले जस्तै महिलाले पनि सम्मानपुर्वक बाच्न पाउनुपर्ने बताउनुभएको छ । कार्यक्रमको प्रमुख अथिति समेत रहेकि उपमेयर चौधरीले महिलाले पनि सबै किसिमका शिक्षामा अवसर पाउनुपर्नेमा जोड दिएकि हुन ।
कार्यक्रममा बोल्दै सहायता केन्द्र नेपालका उपाध्यक्ष अस्मिता नेपालीले महिलालाई विभेद गर्न नहुने बताएकि हुन । उनले महिला हिंसा अत्य गर्न यौन हिंसा र बाल विवाह पनि रोक्नुपर्नेमा जोड दिएकि हुन । यस्ता कृयाकलाप रोक्नका लागी पनि मर्यादीत महिनावारी दिवस मनाउनै पर्ने उनको भनाई छ । कार्यक्रमको सहजीकरण केन्द्रकी सचिब मुना विकले गरेकि थिईन ।