दाङ, २४ मंसिर । नेपाली कथानक चलचित्र ‘भाविको लेखान्त’ दाङ र रोल्पामा छायाँकन हुने भएको छ । टेलि चलचित्रको रुपमा रहेको ‘भाविको लेखान्त’ अब ठुलो पर्दाका लागि छायाँकन हुन लागेको हो । ठुलो पर्दामा आउन लागेको चलचित्र ‘भाविको लेखान्त’ को दाङ र रोल्पामा छायाँकन गरिन लागेको निर्देशक लेखान्त भुषालले जानकारी दिएका छन ।
चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा निर्देशक भुषालले चलचित्रको कथावस्तुसंगै छायांकनस्थलमा नयाँपन आउने बताएका हुन ।
त्यस अवसरमा खलनायक मुकुन्द थापाले दाङकै कलाकार लेखान्त भुषालले बनाउन लागेको चलिचित्र सफलताको शुभकामना दिएका छन ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गरेकि हुन । कुन्जन घिमिरेको लेखन र लेखान्त भुषालको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भाविको लेखान्त’ मा सन्दीप चौधरीको सम्पादन रहेको छ । चलचित्रमा लेखान्त भुषाल, मुकुन्द थापा, सुन्दर मायालु लगायतका कलाकार रहेका छन् ।