
काठमाडौ, २६ मंसिर । खोटाङको हलेसीबाट पूर्वमन्त्री गोपाल किराँतीसहित १० जना पक्राउ परेका छन् । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट नेता किराँतीसहित अभियन्ता पक्राउ परेका प्रहरीले जनाएको छ ।
आज नेकपा एमाले को सङ्कल्प यात्रामा अवरोध गर्ने तयारीमा रहेका उनीहरू पक्राउ परेका हुन् । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी राजेशनाथ बास्तोलाले नेता किराँतीसहित १० जना पक्राउ परेका जानकारी दिएका हुन ।
तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखेपछि असन्तुष्ट पहिचानवादी सङ्घ–संस्थाले पुनः नामकरणको माग राख्दै आएका छन् ।
प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार