काठमाडौँ, ६ पौष । चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्ने भएकी छन्। सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ बाट मिस पविले गर्न लागेकी हुन् । टिकटकबाट मिस पविको नामले चर्चामा आएकी उनले यसअघि म्युजिक भिडियोहरु गरिसकेकी छिन् । डडेलधुरा घर भएकी उनले डोटेली भाषा बोलेर टिकटकमा चर्चा बटुलेकी थिइन्। नौलो भाषा र आकर्षक लवजका कारण टिकटकमा उनलाई लाखौँले मन पराएका थिए ।
फिल्म ‘राजमहल’ मा दरबारको कथा समेटिने निर्माण पक्षले बताएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने बताइएको छ ।