दाङ, – डिभाइड टेम्पल एकेडेमीको सहयोग र युथ क्लब तुलसीपुरको आयोजनामा गरिएको चार दिने Self-Defence कार्यक्रम आज सप्पन्न भएको छ ।
डिभाईन एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशन भोजराज न्यौपानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेशनल प्यावसनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगीले किशोरीहरुलाई अगाडि बढन र आफू सुरक्षित रहन यस तालिमले महत्वपुर्ण भुमिका खेल्नेको बताए । यस्तै उनले यो संग संगै अनुशासन बुझन सक्नु पनि विद्यार्थी जिबनको महत्त्वपूर्ण पाटोरहेको बताए । हरेक विद्यार्थीले अनुशासन बुझे मात्र एक सक्षम विद्यार्थी हुनसक्ने दाबी समेत गरेका हुन् ।
उनले यो कार्यक्रमले समाजमा भएका अनेकौं नकारात्मक गतिविधि लाई रोक्न र हरेक चेलीबेटीले आत्मा सुरक्षा गर्न सक्ने बताए । यस्तै उनले फरक फरक समुदायबाट आएका विद्यार्थीलाई एकै ठाउँमा जोडेर यो कार्यक्रम गर्दा समाज परिवर्तनको निम्ति पनि ठुलो भुमिका रहेको समेत बताएका हुन ।
आफ्नो मन्तव्य राख्दै तुलसीपुर उपमहानगरपालिका वडा नबर ६ का वडा अध्यक्ष बर्षात भण्डारीले डिभाइड टेम्पल एकेडेमी मात्र यो क्षेत्रकै पहिलो बिद्यालय हो जसले हाम्रा चेलीबेटीको लागि आत्मा सुरक्षाको निम्ति सकारात्मक कार्यक्रम गरेको बताए । यो कार्यक्रमले धेरै चेलीबेटीहरुले कुन नजरले आफुलाई अन्य अथवा नचिनेको व्यक्तिले टच गर्यो भनेर थापाउन सक्ने संगै समाज परिवर्तनको लागी धेरै महत्वपूर्ण भुमिका अथवा एउटा इट्टा थपेको समेत बताए । साथै उनले डिभाइन टेम्पल एकाडेमीले विद्यार्थी र अभिभावकको मन जितेर शैक्षिक गतिविधी मात्र नभई सामाजिक कार्यहरुमा समेत अग्रसर रहेको भन्दै प्रसंसा गरेका हुन् ।
यस्तै विद्यालयका क्याली ग्राफर हिमाल डाँगीले यो कार्यक्रम केवल चार दिनको लागि मात्र नभई आफ्नो जिबन भरको लागि निकै महत्त्व रहेको बताए । हाम्रा चेलीबेटि हरुले कुनै व्यक्तिले आफुलाई कुन नजरले टच गरेको होत भन्ने थापाउन जरुत थियो तर कसरी थापाउने भन्ने बारेमा जानकार नहुदा चुप लागेर बस्नु पर्ने यात बलात्कार जस्ता अपराधको शिकार हुनु पर्ने परिस्थिति थियो त्यो परिस्थितिलाई चिर्न यो कार्यक्रमले निकै महत्त्वपूर्ण भुमिका रहनेमा आफू विश्वस्त रहेको बताए ।
यस्तै उनले हामीलाई सुन्दा नराम्रो लाग्ने तर यथार्थमा अन्याय हुनु मात्र अपराध नभई अन्याय सहने पनि अपराध हो भनेर सबैले सोचन आवस्यक रहेको बताए । अबका बिद्यालय संगसंस्थाले केवल किताबि विज्ञान मात्र दिएर अबका विद्यार्थी अहिलेको यो परिस्थितिमा टिक्न नसक्ने बताउदै हरेक विद्यार्थीलाई अब किताबी ज्ञानसँगै आर्थिक सांस्कृतिक र भौतिक ज्ञानको पनि आवश्यक रहेको बताए ।
यस्तै यो कार्यक्रम आयोजना गरि आफुलाई पनि सहभागी हुने मौका दिएकोमा आयोजक टिम र बिद्यालय परिवारलाई धन्यवाद व्यक्त समेत व्यक्त गरेका हुन । कार्यक्रममा छात्राहरुले विभिन्न सांस्कृतिक नृत्य,गित,डेमोहरु प्रस्तुत गरेका थिए । किशोरीहरुको आत्मबल बढाउने र अप्ठ्यारो परिस्थितिमा आफ्नो सुरक्षा आफै गर्नसक्ने बनाउन तालिमको आयोजना गरिएको थियो ।
उक्त तालिमको प्रशिक्षकमा सन्दीप भुसाल,जातिका डाँगी,जेसिना रसाइली र निसा खड्का रहेका थिए
युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सभा अध्यक्षमा भोजराज न्युपानेले गरेका थिए भने सहजीकरण विद्यालयका प्रीन्सिपल कुलानन्द अधिकारीले गरेका थिए । यस्तै उक्त कार्यक्रममा सहभागी मध्य उत्कृष्ट १० छात्रा लाई समान समेत गरेको थियो ।