२०८३ साउन २९ गते शुक्रवार | 2026 August 14th Friday

१९ वर्षमुनिको विश्व कपका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौ, २० पौष । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । 

क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोलीको घोषणा गरेको हो । एसिया कप खेलेका तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण टोलीमा परेका छैनन् । उनको ठाउँमा बलर दुर्गेश गुप्ता अटाएका छन् । त्यस्तै, अलराउन्डर दीपक बोहोरालाई टोलीमा थपिएको छ । जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्यूजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । यसैबिच नेपाली टोलीमा कप्तान–देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, दीपक बोहोरा, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस