
दाङ,२३ पौष । यातायात कार्यालय तुलसीपुरले सवारीको ट्राइलका क्रममा देखिएको बेथितिका विरुद्ध वाईसिएल दाङले ध्यानाकर्षण गराएको छ ।
आफ्नै परिवार भित्रको सवारी साधन लिदा पनि दुइसय १५ रुपैँया अशूल गरेको भन्दै यो कार्य रोक्न कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सोमबार वाईसिएलका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमर नेपाली ( माईकल ) , केन्द्रीय सदस्य हरिश गिरी, जिल्ला संयोजक माधव बुढाथोकी,तुलसीपुर नगर इञ्चार्ज हेवेन्द्र शाहीसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
यसरी अशूल गरिएको रकम फिर्ता गर्न समेत वाईसिएलले ध्यानाकर्षण गराएको छ ।
प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार