२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

कर्मचारीमाथि कुटपिट गर्नेलाई कार्वाहीको माग

दाङ, २६ पौष । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेको भन्दै उपमहानगरका सम्पूर्ण कर्मचारीहरुले आपत्ति जनाएका छन् । 

बिहीबार एक सूचना जारी गर्दै उपमहानगरको राजश्व ब्यबस्थापन शाखा अन्तर्गत नदीजन्य पदार्थ चोरी निकासीको अनुगमनका लागि खटिएका कर्मचारी डिल्लीराज न्यौपानेमाथि कुटपिट गरेको कर्मचारीहरुले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

बुधबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ हेमन्तपुर निवासी गोविन्द नेपालीसहितले कुटपिट गरेको भन्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

‘कार्यालयको गेटमा बोलाई नियोजित रुपमा कुटपिट गरि आक्रमण गर्ने र कर्मचारीको मनोबल गिराउने कार्य गरेकाले राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा एवं घोर भ्रत्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

कर्मचारीको सुरक्षा सुनिश्चित नभएमा थप आन्दोलनका कार्यक्रमहरु जारी राख्ने समेत कर्मचारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस