२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

माघिको अवसरमा खसी कप फुटबल प्रतियोगिता संचालन

दाङ, २८ पौष । राष्ट्रका लागि खेल्कुत स्वास्थ्यका लागि खेल्कुत भन्ने मुल नाराका साथ जनजागरण युवा क्लबले तुलसीपुर ९ सल्लीवनको फुटबल ग्राउन्डमा माघिको अबसर पारी अण्डर २२ खसी कप फुटबल प्रतियोगिता संचालन गरेको छ ।

जम्मा ८ वटा टिम सहभागी भएको र खेल नकआउट पद्धति द्वारा खेलाईने आयोजकले जानकारी दिएको छ । कार्यक्रमका बोल्दै प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका वडा न. ९ का वडा अध्यक्ष घनश्याम ढकालले  विश्वको सबै भन्दा बढी खेलिने र सबै भन्दा बडि रुचाइने खेल फुटबल भएकाले सम्पुर्ण फुटबल खेलडिहरुका लागि सबैले आ-आफ्नो ठाउँ बाट सहयोग गर्न र खेलाडीलाई प्रोत्साहन गर्न समेत आग्रह गरेका थिए । साथै खेलाडीहरुको लागि वडा र आफ्नो  व्यक्तिगत तर्फ बाट आफुले सकेको सहयोग समेत गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

सो अवसरमा विशिष्ट अतिथि लाईन्स क्लव अफ क्यापिटल दाङका अध्यक्ष दिपक के सिले कार्यक्रमको पुर्ण सफलताको कामना गर्दै वडा न. ९ का खेलाडीहरु आउँदा दिनहरुमा राष्ट्रिय स्तर सम्म पुगेको देख्न पाईयोस भन्दै खेलाडीहरु लाई आफ्नो नामलाई खेल क्षेत्र बाट राष्ट्रिय स्तर सम्म चिनाउन सकुन भन्ने शुभकामना व्यक्त गरेका थिए । त्यसै गरि कार्यक्रममा श्री सरस्वती मा. वि का विद्यालय व्यवस्थापन अध्यक्ष तिलक डाङ्गी, सरस्वती टोल विकाश सस्थाका अध्यक्ष जीवन के. सि, क्लबका सचीव ललित भुसाल लगायतकाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । उक्त उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष खुम के. सि को अध्यक्षतामा सम्पन्न भएको थियो । भने कर्यक्रमको सन्चालन शिव परियार ले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस