२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

त्रिभुवन विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ, २ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी परिचालन गरिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय विमानस्थल भन्सारको नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ ।   

भन्सारको सुरक्षालाई त्रुटि रहित बनाउने उद्देश्यले  सशस्त्र प्रहरी सहयोगीका रुपमा खटाइएको हो । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते यससम्बन्धी निर्णय गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस