२०८२ चैत्र २७ गते शुक्रवार | 2026 April 10th Friday

अखिल (क्रान्तिकारी) काे कार्यालय स्थापना, अबकाे राजनीति विद्यार्थीकाे काँधमा : पुन

दाङ, ६ माघ । अखिल (क्रान्तिकारी) दाङ जिल्लाकाे कार्यालय उद्घाटन गरिएकाे छ ।

घाेराही उपमहानगरपालिका वडा नं १४ लखनपार्क चाेकमा रहेकाे माओवादी नगर पार्टी कार्यलय भवन भएकाे घरमा संगठनकाे जिल्ला कार्यालय स्थापना गरिएकाे हाे । 

कार्यालय स्थापनाले संगठनका संस्थागत काममा सहयाेग पुग्ने जिल्ला अध्यक्ष गिरबहादुर महराले बताएका हुन । ‘कार्यकर्मीक हिसाब हामी निकै अगाडि छाैं, अब हामीले संस्थागत संरचनामा ध्यान दिनुपर्ने छ,’ उनकोले भने ।

कार्यालयकाे उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) दाङका जिल्ला संयाेजक सुवास पुनले अबकाे राजनीति युवा विद्यार्थीहरूकाे काँधमा आएकाे बताएका हुन । उनले विद्यार्थीहरू पार्टीको सम्पत्ति भएकाे उल्लेख गरेका हुन  ।  पुनले मुलुककाे शैक्षिक आन्दाेलनकाे अग्रणी संगठन अखिल (क्रान्तिकारी) नै भएकाे बताएका हुन ।

संगठनका अध्यक्ष गिरबहादुर महराको अध्यक्षता एवम् पार्टी जिल्ला संयाेजक सुवास पुनकाे प्रमुख आतिथ्यता, पार्टी प्रदेश कमिटी सदस्य अजयदीप शर्मा र जिल्ला सचिव बिश्वराज आचार्यकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा पार्टीका घाेराही नगर अध्यक्ष रमेश वली, प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्मा, अखिल (क्रान्तिकारी) का प्रदेश सचिवालय सदस्य प्रतीक अधिकारी, कार्यालय सदस्य हिमाल महरा, डिभाईड शर्मा लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन संगठनका निवर्तमान सचिव एवम् कार्यालय सदस्य गाेविन्द मल्लले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस