२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

मन्त्री मास्कीद्वारा रेडियो नेपालको अवलोकन

दाङ,११ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको हेमन्तपुर स्थित रेडियो नेपालको लुम्बिनी प्रादेशिक प्रशारण कार्यालयको अवलोकन गरेका छन । विहीबार कार्यालयको अवलोकन गर्दै मन्त्री मास्कीले रेडियो नेपाललाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका हुन । उनले मुलुक परिबर्तनमा रेडियो नेपालको भूमकिा महत्वपूर्ण रहेको भन्दै यसलाई जोगाउन प्रबिधिमैत्री तथा समय सापेक्ष बनाउन आबश्यक रहेको बताएका हुन ।“प्रबिधिको विकास नहुँदा रेडियो नेपालले सूचना तथा सञ्चारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण छ”,उनले भने “अहिले प्रबिधिको तिब्र विकास भएको छ, अब यसलाई पनि प्रबिधिमैत्री बनाउन आबश्यक छ ।”  

जनताको अधिकार स्थापित गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसको थप विकासमा राज्यले ध्यान दिने उनको भनाई छ । 

त्यस अवसरमा रेडियो नेपालका प्रादेशिक प्रशारण कार्यालयका प्रमुख लक्ष्मणलाल कर्णले अहिले प्रादेशिक प्रशारणले हेमन्तपुरसहित घोराहीको चौपट्टा र रोल्पाबाट प्रशारण भइरहेको बताएका हुन । हेमन्टपुरबाट पाँचसय वाट, चौपट्टाबाट ८ सय र रोल्पाबाट ५ सय वाटबाट प्रशारण भइरहेको भन्दै यसको क्षमता बढाउनु पर्ने बताएला हुन । साथै जनशक्ति पनि न्यून रहेकाले यसलाई पनि बढाउन तर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस