दाङ, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठवन्धनबाट नेकपा माओवादी केन्द्र का झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताएका हुन ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा ३०५ मतदाता रहेकोमा ३०३ मत मात्रै खसेको थियो । मतदानमा प्रदेश सभातर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको थियो । दुई सिटका लागि भएको निर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार