दाङ, १७ माघ । शान्तिनगर गाउँपालिका वडा नम्बर १ मा दलित मुक्तिमोर्चा गठन गरिएको छ । बुधबार भएको भेलाले भानुभक्त बिकको अध्यक्षतामा माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चा गठन गरेको हो । जसको उपाध्यक्षमा यमबहादुर बिक, कोषाध्यक्षमा आइति बिक सचिवमा बलबहादुर परियार रहेका छन् ।
त्यस्तै सदस्यहरूमा तिलक परियार, चन्द्रा सुनार भिमबहादुर विक, सजिना बिक, भूमिसरा दमाई, हिरा परियार, कुलबहादुर बिक अम्बबहादुर सार्की र खिमा बिकलाई चयन गरिएको छ ।
माओवादी केन्द्र शान्तिनगर गाउँ कमिटीका अध्यक्ष नेपबहादुर रोकाको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको हो । त्यस अवसरमा पार्टीका गाउँ कमिटी उपाध्यक्ष जंगबहादुर पुन, पार्टीका वडा इन्चार्ज पूर्णबहादुर ओली, हिराबहादुर ओली लगायतको सहभागिता थियो ।
प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार