चितवन, २३ माघ । चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ । बाग्मती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने बताएका हुन ।
यस्तै उनले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि रङ्गशालामा बजेट पार्ने विश्वास दिलाएका हुन । देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो रहेको बताएका हुन ।
प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार