२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

दर्शकको रोजाईमा आरुषि, पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त

दाङ, २९ माघ । अहिले मेला मौसमको चलिरहेको छ । पर्यटन प्रबन्ध २०८० भन्दै देश भरी विभिन्न संघ संस्थाको आयोजनामा व्यापारीक पर्यटन तथा सांस्कृतिक मेला महोत्सव चलिरहेका छन् ।

यहीँ समयमा खात्ती प्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरु आफ्नो प्रस्तुति लिएर मेला महोत्सवमा जाने र दर्शक संगै झुम्ने रमाउने गरिरहेको पाइन्छ । मेला महोत्सव जाँदै गर्दा दर्शक हरुको आफ्नो आफ्नो रोजाईको मन पर्ने कलाकार आइदिएको भए हुन्नी भन्ने सोच समेत राखेका हुन्छन् । पछिल्लो समय त्यही दर्शकहरुको रोजाईमा परेकी मोडल मध्य एक हुन आरुषी मगर, नेपालगञ्जमा जन्मेकी आरुषी सानै देखि नै गीत संगीतलाई माया गर्ने र आफूले सानैदेखि नाच्न मन पराउने हुँदा सानै देखी विभिन्न प्रतियोगितामा भाग समेत लिने गर्थिन् ।

 नेपालगञ्जमा जन्मेकी आरुषि छुकछुके रेल , सरर सरर , मोयाले लगायतका दर्जनौं हिट अनि चर्चित गीत हरुमा अभिनय गरिसकेकी छिन् भन्ने विभिन्न समयमा डान्स कम्पिटिसनमा पनि देखिने गर्छिन् । झट्ट हेर्दा निकै सुन्दर देखिने आरुषी पछिल्लो समयमा स्टेज प्रोग्राममा त्यतिकै व्यस्त देखिन्छिन्  । नेपाली मौलिकता बोकेका लोक दोहोरी , टप्पा , झ्याउरे , कौरा जस्ता विभिन्न गीत हरुमा आफ्नो प्रस्तुति देखाउने हुँदा पनि आरुषी धेरै दर्शकको रोजाईमा परेकी छिन् ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस