२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

रमाइलोका नाउँमा सोझा जनता लुट्दै दाङका मेला महोत्सव

दाङ, २ फागुन । अहिले देशभर विभिन्न किसिमका मेला महोत्सब चलिरहेका छन । यहीँ समयमा दाङका दुई ठुला सहर घोराही र तुलसीपुरमा पनि विभिन्न संघ संस्थाको आयोजनामा पर्यटन प्रबर्धन गर्ने मुल उद्देश्यका साथ मेला महोत्सव संचालन भैरहेको छ ।

तर दाङका मेला महोत्सब भने अन्य स्थानका भन्दा अल्लि फरक देखिएका छन । दाङ चेम्बर अफ कमर्सले यहि मिति २०८० माघ २३ गते देखि संचालन गरेको लुम्बिनी प्रदेश स्तरीय दाङ एक्सपो २०८० मा पनि अलि फरक दृश्य देखिएको छ । मेला अबलोकन गर्न गएको हाम्रो  टिमले संस्कृति रमाइलो र ब्यापारीक स्टलहरु भन्दा  केही छुट्टै स्थानमा अलि धेरै मानिसहरु झुमिएको देखे पछि के रहेछ भनेर बुझ्दै जादा त्यहाँ विभिन्न खालका जुवा खेलाइ रहेको पाइएको थियो । एक सयको हजार एक सयको हजार भन्दै विभिन्न खाल्का जुवाडेहरुले षड्यन्त्र पूर्वक तरिकाले सोझा साझा जनतालाई  झुक्याएर पैसा लुटिरहेका थिए ।

त्यस पछि हाम्रो टीमले मेला मुल आयोजक समितिका संयोजक विकाश अग्रवाल र सोही दिन जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बाट खटिएका सुरक्षा प्रमुखहरु लाई त्यस विषयमा बुझ्दा आफुलाई कुनै जानकारी नभएको बताएका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस