दाङ, ५ फागुन । शान्तिनगर गाउँपालिका २ अमुवाकी ४८ वर्षीया रेउती वलीलाई करिब ४ / ५ वर्ष पहिलेदेखि पेट दुख्ने समस्या थियो । तर, उनले आफूलाई ग्यास्टिक भएको भन्दै मेडिकलबाट औषधि लिएर खाने गरिन् । २०७९ मङ्सिरमा उनलाई पेट दुख्ने समस्याले धेरै सताउन थालेपछि उनी तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार गर्न आइन् । उनले अस्पतालमा चेकजाँच गर्दा क्यान्सरको लक्षण देखियो । चिकित्सकले उनलाई क्यान्सरको लक्षण देखिएको भन्दै क्यान्सर अस्पतालमा जान सल्लाह दिए ।त्यसपछि उनले घोराहीमा रहेका निजी अस्पताल बुद्ध अस्पतालमा चेकजाँच गरिन् । त्यहाँ पनि उनलाई त्यही भने पछि उनी निकै छटपटीमा परिन् ।
आफूलाई ठुलो रोग लागेको बारेमा घर परिवार कसैलाई जानकारी नदिने निधो गर्दै उनी बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालमा पुगिन् । त्यहाँ उनकी भाउजूको उपचार भइरहेको थियो । भाउजूलाई पनि आमाशयमा क्यान्सर भएको थियो । एक्लै गएकी उनले फेरि चेकजाँच गरिन्, र उनलाई क्यान्सरको चौथो स्टेप भइसकेको रिपोर्टमा देखियो । उनले भनिन्,‘ रिपोर्टमा मलाई क्यान्सरको चौथो स्टेप भइसकेको रहेछ ।यदि घरपरिवारमा मलाई क्यान्सर भएको जानकारी दिए, सबैले चिन्ता मान्न सक्छन्, भन्ने लाग्यो र कसैलाई जानकारी नदिने निधो गरेकी थिए । तर, डाक्टरले मलाई मेरो रिपोर्टको बारेमा जानकारी नदिने भनेपछि भाउजूको उपचारको गएको भदैले मेरो आफन्ती भन्दै जिम्मा लिएर रिपोर्ट हेर्दा मेरो कलेजो, फोक्सो लगायतमा क्यान्सरले भेटाएको भन्ने थाहा पाए ।’
आफूलाई क्यान्सर जस्तो रोग लागेर जति पीडा भएपनि घर परिवारमा कसैलाई पीडा नहोस्, भन्ने उद्देश्यले कसैलाई जानकारी दिन नखाजेको भन्दै उनले त्यसपछि सबैले थाहा पाएको समेत बताइन् । उनले आफूलाई क्यान्सरको चौथो स्टेपमा पुगेको थाहा पाएपछि बाच्ने आश मारेको समेत बताइन् । उनले भनिन्,‘ यहाँलाई क्यान्सरको ४ स्टेप पुगिसकेको रहेछ । अप्रेसन गरेर फाल्न पनि मिल्दैन्, फोक्सो, कलेज, पित्तथैली सबैमा क्यान्सरले खाइसकेको छ । यहाँलाई किमो चढाउ, किमोले जति काम गर्दछ, त्यतिनै बाच्नु हुन्छ, भन्ने कुरा डाक्टरले गरेका थिए । डाक्टर ति कुराहरू भनेपछि बाच्ने आश मरेको थियो ।’आफ्नो त्यस्तो रिपोर्ट आएपछि डाक्टरले अस्पतालमा भर्ना गरेर किमो चढाउने कुरा गरेको भएयता पनि आफू मरे पनि घरै गएर मर्ने भनेर अस्पतालबाट घर आएको उनको भनाइ छ ।
आफू अस्पतालबाट घर आउँदा घरमा धेरै आफन्तहरू जम्मा भएको देख्दा झन निराश भएको भन्दै उनले अब आफ्नो अन्तिम समय रहेको बताएकी थिइन् । तर, परिवार र आफन्तहरूले आफूलाई फेरि उपचार गर्नको लागि भारत जान सुझाव दिएको र फेरि खजुरामा रहेको क्यान्सर अस्पतालमा गएर डाक्टरसँग सल्लाह लिने र अनि जाने भनेर अस्पताल जाँदा डाक्टरले अब यहाँलाई जहाँ लग पनि किमो थेरापीको विकल्प नभएको भनेपछि त्यही अस्पतालमा १६ पटक किमो चढाएको उनले बताइन् । आफूलाई किमो चढाउँदा अझै धेरै समस्या भएको भन्दै उनले त्यसपछि फेरि भारतको नयाँ दिल्ली गएको उनले बताइन् । त्यहाँ पनि उनले चेकचाँज गर्दा नेपालका डाक्टरले भनेको जस्तै भनेपछि अब घर मै गएर मर्ने भनेर आएको उनले बताइन् । उनले भनिन्,‘ भारतका डाक्टरहरूले पनि अब उपचार गरेर सम्भव छैन्, भनेका थिए । अब उनलाई जे खान मन लाग्छ, खाने दिने र जहाँ जान मन लाग्छ, घुमाउन लगे हुन्छ, भने । ’
जहाँ उपचार गर्न गएपछि आफूलाई निको नहुने भनेपछि अन्तिम अवस्थामा घर मै गएर मर्छु, भनेर घर आएको भन्दै उनले आफ्ना आफन्तहरूले परमेश्वर पितामा लागेपछि नयाँ जीवन पाइन्छ, त्यसमा लागेपछि सबै निको हुन्छ, भनेर भन्दा पनि आफूलाई विश्वास नलागेको समेत सुनाइन् । उनका अनुसार अब मर्ने समय आएको छ, किन अरुमा लाग्ने भन्ने लागेको थियो । तर, सबैले कर गरेपछि परमेश्वर पितामा लाग्दा आफूलाई जिउन आधार भेटाएको उनको भनाइ छ । उनले भनिन्,‘ मलाई सबै भन्दा ठुलो चिन्ता अब म क्यान्सरबाट नै मर्छु, मेरो उमेर झै बाँकी नै छ । ४० वर्षको उमेरमा आमाको निधन भएको थियो । मेरो पनि उस्तै उमेरमा मृत्यु हुने, भयो । मेरा छोराछोरी टुहुरा हुने भए, भन्ने सधैँ मनमा चिन्ता लाग्थ्यो । तर, त्यसमा जान थालेपछि ति सबै चिन्ताहरू हराउँदै गए । अब बाँचिन्छ , की भन्ने मनमा आश पलायो ।’
उनले गत बैशाख महिनादेखि उपचार गर्न छाडेको समेत बताइन् । आफूहरू पहिलाको जस्तै निरोगी भएको भन्दै अहिले चेक गराउँदा कुनै समस्या नभएको र डाक्टरहरू पनि चकित परेको बताइन् । उनले भनिन्,‘ अहिले मलाई केही भएको जस्तो लाग्दैन, पेट दुख्न पनि छाडेको छ । मैलै जौ को जमरा बनाएर दैनिक रुपमा गहुँतसँग जुस खाँदै आएकी छु । कसरी मैले क्यान्सरलाई जिते थाहा छैन् । अब बाँचिन्छ , की भन्ने मनमा आश पलायो । ६ महिना अगाडि चेक गराउँदा केही देखिएको थिएन, अब ३ महिना पछि फेरि चेक गराउने जाने हो ?’
आमा बाच्ने आश थिएन, छोरी शोभा
उनले छोरी शोभा केसीका अनुसार आमालाई क्यान्सर लागेको थाहा पाएपछि आफूहरूलाई बाच्ने भन्ने आश लागेको थिएन । नेपालका अस्पताल र भारतमा समेत उपचार गर्न लैजाँदा डाक्टरहरूले बिदा भएको भन्दै उनले आमालाई निको हुने आशा मारेको भन्दै अहिले आमा पहिलाको जस्तै राम्रा भएको देख्दा धेरै खुशी लागेको बताइन् । उनले भनिन्,‘ हामीले आश मारेका थियौँ । बिरामी भएपछि उपचार गर्ने ठाउँ भनेको अस्पताल ने हो ? डाक्टरले आमालाई जे खान मन लाग्छ, खान दिनु, जहाँ घुम्न मन लाग्छ, घुमाउनु, भने पछि अब बाच्नु हुन्छ, जस्तो लाग्दैनथ्यो । तर, अहिले पहिलाको जस्तै राम्रो देख्दा हामी खुशी मात्र नभइ दंग छौँ, कसरी यो चमत्कार भयो ।’
हामीले बाच्नु हुन्छ, भन्ने कल्पना गरेका थिएनौँ : आफन्ती
वलीकी आफन्ती नोखी रावतले आफूहरूले बाच्ने कल्पना समेत नगरेको बताइन् । क्यान्सरका कारण धेरै मानिसहरको निधन भइरहेको अवस्थामा उनि पनि बाच्नु हुन्न जस्तो लागेको उनको भनाइ थियो । उनले भनिन्,‘ डाक्टरले नै धेरै नबाँच्ने र उपचार सम्भव छैन, भनेको व्यक्ति अब कसरी बाच्नु होला जस्तो हामीलाई लागेको थियो । तर, अहिले उनलाई कुनै रोग लागेको जस्तो देखिनु हुन्न । यो चमत्कारी कसरी भयो, हामी पनि दंग छौँ । क्यान्सर जस्तो रोगलाई जित्नु भनेको ठुलो कुरा होइन् ।’ बिरामी भएर सबैले आश मारेको ब्यक्तिलाई अहिले देख्दा आफूलाई पनि धेरै उर्जा आउने उनको भनाइ थियो ।