दाङ, १३ बैशाख । घोराही – ८ का पूर्व वडा अध्यक्ष जितेन्द्र शाह ले गुरुकुल बोर्डिङ स्कूल को शुल्क विवरण सार्वजनिक भएपछि चासो व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले सम्बन्धित निकाय र जनप्रतिनिधिमाथि कटाक्ष गरेका छन्। उनले लेखेका छन्- “बिपीन जी, अब तपाईँकै पार्टीका नेता अनन्तराज घिमिरेको स्कुल गुरुकुल घोराही र तुलसीपुरमा रहेछ । ३ कक्षाको मासिक शुल्कबारे मेयर पनि बोल्दैनन्, तपाईँ त बोल्नुस कि, काले काले मिलेर खाऊँ भाले हो ।”
शाहले निजी विद्यालयको शुल्क निर्धारणप्रति सरोकारवालाको मौनता प्रति प्रश्न उठाउँदै पारदर्शिता र उत्तरदायित्वको माग गरेका छन् ।
प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार