रोल्पा,१५ बैशाख । रोल्पामा ११ वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गंगादेव गाउँपालिका – ५ फुल्बास निवासी ५० वर्षीय भीमबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । सोही वडाका कुईनेटा निवासी पुर्णबहादुर विकका ११ वर्षीय छोरा खगेन्द्र विकमाथि गत शुक्रबार बेलुका कुटपिट भएको आरोप उनीमाथि लागेको छ ।
घटनामा संलग्न रहेको आरोपमा ४५ वर्षीय मस्तबहादुर खत्री र २० वर्षीय टोपबहादुर खत्री भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजीकार्य जारी रहेको छ । प्रहरीका अनुसार तीनै जना विरुद्ध भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार