२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

संचार संस्था जनता केन्द्रित हुनुपर्छ : मन्त्री मास्की

दाङ, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औ स्थापना दिवस सोमबार तुलसीपुुरमा पनि मनाइएको छ ।

दाङको तुलसीपुरस्थित कार्यालयको आयोजनामा ‘जिम्मेवार पत्रकारिता र रासस’को भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले संचार माध्याम जनता केन्द्रित हुनुपर्ने बताएका थिए । राससले जनता र सरकारबीच जोड्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले चर्चा गरेका थिए ।

त्यस्तै उनले सञ्चार माध्याम गाउँ–गाउँमा पुग्दा जनताका आवज बुलन्द हुन थालेको र त्यो संघीयताको उपलब्धि मान्नु पर्ने बताए । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले रासस खोज र अनुसन्धान मुलक पत्रकारिता गर्न आवश्कता रहेको बताएका थिए ।नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले क्यामेरा र माइकको बुम बोक्नेहरु पत्रकार नहुने बताएका थिए । उनले सचेत नागरिकले कुन पत्रकार हुन र कुन हैनन् भन्ने छुट्टाउन आवस्यक रहेको बताएका थिए ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतमले राससले जनताको भन्दापनि सरकारको बढी चर्चा परिचर्चा गर्ने खाले पत्रकारिता त्याग्नु पर्ने सुझाएका थिए ।

कार्यक्रमलाई नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, प्रेस युनियनका केन्द्रीय उपमहासचिब सुलोचना गौतम, तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष रामप्रसाद चालिसे,नेकपा माओबादी केन्द्र तुलसीपुरका अध्यक्ष खुशीराम चौधरी, नेकपा एमलेका प्रतिनिधि सपना बस्नेत,ज्येष्ठ नागरिक सरोकार केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरा जोसी,तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष डिल्लीबहादुर बस्नेत ,प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका,प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जालगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

रासस दाङ प्रमुख नारायणी रजौरेले राससले दिने सेवा र मुलुकलाई गरेको योग्दानका बारेमा चर्चा गरेकी थिइन ।कार्यक्रमको सहजीकरण राससका तुलसीपुर समाचारदाता दिपक बोहराले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस