२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

महासमिति बैठकमा मुख्यमन्त्रीको धारणा : अहिले संगठन निर्माणमा केन्द्रित बनौ गठबन्धनको कुरा गर्ने समय हैन 

काठमाडौँ, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्दा पनि संगठन बलियो बलियो बनाउने योजना पार्टीमा हुनु पर्ने बताए  । २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको समेत बताए । नेपाली कांग्रेसको महासमितिको बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा धारणा राख्दै चौधरीले अहिले संगठन गरेर ०८४ को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिए । उनले भने,‘ हामीले यो गठबन्धनका कुरा भनिरहेका छौँ । गठबन्धन भनेको चुनावमा गर्ने कुरा हो । चुनाव अगाडि छलफल गर्ने कुरा हो । अहिले भनेको संगठन बनाउने कुरा हो ।  ‘त्यस्तो सक्षम लिडर खोजौँ जसले हामीलाई सही बाटोमा डो–याओस् । अहिले नै गठबन्धन हुन्छ कि हुँदैन ?  २०८४ मा चुनाव छ, संगठनको कुरा छ, अहिले गठबन्धनका कुरा छन । हामी कुन बाटोमा हिँड्दैछौँ । ’ 

अहिले संगठन बनाउने कि गठबन्धनका कुरा गर्ने ? अहिले नै चुनाव आइसक्यो र ? हामीले पदाधिकारीमा सक्षम भनेर जिताएका छौँ, उनले भने, ‘२०८४ मा जे डिभिजन ल्याउनु हुन्छ केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने हो । मुख्यमन्त्री चौधरीले भने, ‘चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ । हाउगुजी बनाएको छ । सबैलाई रुखमा भोट हाल्ने मन लाग्छ । चार तारे झण्डा सधैँ फहराइ रहोस्, रूख कहिले नढलोस् । भनेर संगठन बनाउन तर्फ लाग्ने की हाउगुजी बनाएर हिड्ने ?’ ‘तदारुकताका साथ संगठन बनाउन जुटौँ । गठबन्धनको हाउँगुजी बनाएर अतिरञ्जित नगरौँ । आफूले आफैलाई आत्मसात गरेर सोचौँ । हामी कहाँ छौँ पार्टी बिगारेको तपाई हामीले हो , मुख्यमन्त्री चौधरीले भने ।

‘सक्रिय सदस्यता दिने बेला घरघरमा दिने । आफ्नो श्रीमतीलाई दिने, आफ्नो छोराछोरीलाई चाहियो, बुहारीलाई चाहियो । अहिले किन रिन्यु भइरहेको छैन ? , चौधरीले भने, ‘किन भने चुनाव आएको छैन । चुनाव आउँदा सबैको सक्रिय सदस्य आठ लाख होइन १६ लाख हुन्छन । चुनावमा क्याम्पेनिङ गर्दा सक्रिय सदस्यहरू खोइ ? छैनन् ।’  ‘दलितको घरमा कसरी पुग्ने ,  रणनीतिक रुपमा पहिला कहाँ कसरी पुग्ने पुग्ने ,  जनजातिको घरमा कसरी पुग्ने ,  त्यो रणनीतिका कुरा गर्दैनौँ । हाउगुजी मात्रै कुरा गर्छौ । चौधरीले भने, ‘यो गठबन्धनको कुरा ०८४ मा गर्नुस् । हामी विश्वास गर्छौ केन्द्रीय कार्यसमितिले देश र परिस्थितिअनुसार कोसँग के गर्ने ,  त्यही बेला कुरा गरौँला । पहिला संगठन गरौँ । मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने विषयमा कसैले नबोलेको बताए ।

उनले संविधान असफल बनाउन केही तत्व लागेको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । ‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा कसैले बोल्नु हुन्न । हाउगुजी कुरा बाहेक केही छैन । केन्द्रले प्रदेशलाई अधिकार दिएको छैन । गाली खाने प्रदेशले मात्रै हो रु विकास हामीलाई आफ्नै घर अगाडि चाहिएको छ । डोजरको विकास चाहिएको छ । तर आर्थिक विकास र समृद्धिमा लाग्दा गाली खानु पर्छ, सहयोग हुँदैन , उनले भने, संविधानको रक्षाका लागि कसले नेतृत्व गर्ने रु यसैगरी कांग्रेसले संविधान कार्यान्वयनमा ध्यान नदिने हो भने संविधान फेल हुन सक्छ । अनि हामी सबै फेल हुन्छौ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस