२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

सम्पर्कविहीन १८ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं, १० फागुन । नेपाल प्रहरीले गैरहाजिर रहेका १८ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी एक सहायक निरीक्षक, एक वरिष्ठ हवलदार, तीन सहायक हवलदार र १३ जवानलाई तत्काल सम्पर्कमा आउन भनेको हो ।

उनीहरू एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको भन्दै बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस