२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

कुस्ती प्रतियोगितामा गायिका सहिमा श्रेष्ठ पनि आउने

दाङ, ११ फागुन । दाङको तुलसीपुरमा हुन लागेको दोस्रो अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगितामा चर्चित गायिका सहिमा श्रेष्ठ आउने भएकी छिन् । युथ्स अफ तुलसीपुरको आयोजनामा आउँदो फागुन १५ गतेदेखि १७ गतेसम्म तुलसीपुरस्थित अरनिको मैदानमा संचालन हुन लागेको दोस्रो अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगितामा गायिका सहिमा श्रेष्ठ आउन लागेको युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे ( अरुण ) ले जानकारी दिए । 

कुस्ती प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।  दर्शन सलाम, अरे क्यानाम, पाउजु बजाउदै, तिम्रो पिक्चर हिट लगाएतका चर्चित गीतहरु गाएर चर्चा बटुलिसकेकी गायिका श्रेष्ठले प्रतियोगितामा सांगितीक प्रस्तुती दिने छिन् । 

त्यस्तै लहरेका अनुसार प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ। कुस्ती खेलप्रतिको आर्कषण बढाउन अन्र्तराष्टिय स्तरको कुस्ती खेल प्रतियोगिता दाङमा दोस्रो पटक गर्न लागिएको हो । प्रतियोगितामा ३० जना भारतीय पुरुष पहलवान, २ जना भारतीय महिला पहलवान र ५ जना नेपाली पहलवान सहित जम्मा ३७ जना पहलवानको सहभागिता रहने अध्यक्ष लहरेले बताए । नेपालमा कुस्ती प्रतियोगिताले उचित स्थान नपाइरहेको अवस्थामा कुस्ती प्रतियोगितालाई नेपालमै स्थापित गर्ने उद्देश्यले दाङमा यो प्रतियोगिताको गतवर्षदेखि शुरु भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस