दाङ, १३ फागुन । रिडी राप्ती द्वारा संचालित लुम्बिनी प्रदेश राप्ती गाउँपालिका देवीकाेटबाट दुवै खुट्टा गुमाएका हरि बुढा मगरले प्याराग्लाइडिङ गरेका हुन । हरि बुढा विश्वकाे शिखर सगरमाथा चढ्न सफल व्यक्ति हुन् । उनी राेल्पामा जन्मेका एक शाहासिक र बहादुर बिर्टिस आर्मी हुन् ।
उनको जन्म वि.सं. २०३६ सालमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. ३ मिरुलमा जन्म भएकाे हाे । हरि बुढामगर सन् १९९९ जनवरी १ मा ब्रिटिस सेनामा भर्ती भएका थिए ।
सन् २०१० अप्रिल १७ तारिखमा अफगानिस्तान युद्धमा दुबै खुट्टाहरु गुमाउनु भएका बुढामगरले जीवनप्रति कहिल्यै निराश भएनन। बरु दृढ इच्छाशक्ति र उच्च मनोबलका साथ सकारात्मक दिशातर्फ आफूलाई एक सामाजिक अभियन्ताका रुपमा स्थापित गर्न निरन्तर क्रियाशील रहे । २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा विश्वको उच्च शिखर सगरमाथा आरोहण गरी नेपालको तर्फबाट विश्व कीर्तिमान राख्न सफल भएका थिए ।
उनले हिमाल आराेहनदेखि हेलिकप्टरबाट हाम फाल्ने ,बन्जी जम्प ,जिपलाइन जस्ता शाहासिक खेल हरु खेलिसकेकाे पाइन्छ । बुढाले आफ्नाे जीवनस्तर सामान्य परिवार बाट हुर्केता पनि उनी लाहुरे जीवनमा निकै संघर्षरत यात्रा तय गरेका एक बहादुर लाहुरे हुन् ।