२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार गर्न आवश्यक: मन्त्री शर्मा

दाङ, १४ चैत । सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न  सामुदायीक विद्यालयको विकासमा ध्यान दिन आवश्यक रहेको बताएकि हुन । दाङको घोराहीस्थित जन जागृति र जयशेर माबिमा खेलकुदा सामग्री सहयोग कार्यक्रममा बोल्दै मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार गर्न आवश्यक रहेको बताएकि हुन ।

विद्यालयमा पठनपाठनको अवस्था, नियमित मुल्यांकन, अनुगमन, आवश्यकता अनुसारको अध्ययन अध्यापनमा ध्यान दिने हो भने सामुदायिक विद्यालयको स्तरपनि बढ्दै जाने उनको भनाई थियो ।

सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजनाका साथ यसवर्ष सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने काम गरिरहेको बताएकि हुन ।  यस अघि पुस्तक छाप्न आवश्यक पर्ने कच्चा पदार्थको अभाव, समयमै रकम निकासा नहुने, वितरण केन्द्रमै किताब थन्किने, दुर्गममा ढुवानीको समस्यालगायतका कारण पुस्तक छपाइमा ढिलाई हुने र विद्यार्थीले समयमा पुस्तक नपाउने समस्या थियो । तर गएको वर्षदेखि व्यवस्थापन मिलाएर सबै जिल्लाका विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन थालेको उनले बताएकि हुन ।

उनले विद्यार्थीको मुल्यांकन कापी र किताबका पानामा भन्दा बढी क्षमता, रुचि, प्रस्तुतिलाई ध्यान आग्रह गरेकि हुन । सबै विद्यार्थी सबैमा उत्कृष्ट नहुने भन्दै यसका लागी उनीहरुको क्षमताअनुसार प्रेरणा, पठनपाठनमा विशेष सहयोग र उनीलाई पटक पटक हौसला दिइरहन आवश्यक रहेको बताएकि हुन ।

समाजमा मर्यादाका साथ जीवनयापन गर्ने योग्यता आचरण र उपयुक्त व्यवहार विद्यालयबाट नै सिकाइने भएकाले प्रत्येक समुदायको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहने मन्त्री शर्माको भनाई थियो ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस