२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

गायक राजेश पायल राई र साङबुङ राईबीच सम्बन्ध विच्छेद

काठमाडौं, २२ चैत । गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । गायक राईले विभिन्न घरयासी कारण देखाउँदै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।

अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन पनि आदेश दिएको छ । यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस