२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

माओवादी केन्द्रले उपचुनावमा एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने

काठमाडौ, २४ चैत । सत्तारुढ माओवादी केन्द्रले इलाम- २ मा आगामी १५ वैशाखमा हुने उपचुनावमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

उक्त क्षेत्रबाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि उपचुनाव हुन लागेको हो । सो क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको छ ।

शुक्रबार एमाले र माओवादी केन्द्रका इलाम जिल्ला अध्यक्षले संयुक्त अपिल जारी गर्दै इलाम २ मा सुहाङलाई दुवै पार्टीको साझा उम्मेदवारको रूपमा सहयोग गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस