२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

शहरी उन्मुख गरिबी निवारण गर्न एक हप्ते चिप्स बनाउने तथा पेन्टिङ तालिम

दाङ : सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले ९२ जना महिला र पुरुषलाई आत्मनिर्भर बनाउनको लागि एक हप्ते चिप्स तथा पेन्टिङ तालिम दिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा चैत २७ गते बैशाख ३ गतेसम्म तामिल दिएको छ । यस्तै तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा निवर्तमान योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नु पर्ने बताए । यस्तै उनले उत्पादन गरेको बस्तुमा पनि गुणस्तर दिनु पर्ने भन्दै त्यतातिर ध्यान दिन पनि आग्रह गरे ।

उनले भने,‘ तपाईँहरूलाई एक हप्ताको तालिम प्रदान गरिएको छ । यो तालिमलाई सामान्य रुपमा नलिनुहोला  र प्रशिक्षकले पनि दिन कटाउन काम नगराउनु होला ।  एकदमै निम्न आर्थिक भएका ब्यक्तिहरूलाई सीप सिकाएर आर्थिक आयआर्जन गरेर आत्मनिर्भर बनाउन यो तालिम प्रदान गरिएको हो ।’ उनले  देशभरको गरिबी अवस्था २४ दशमलव ३५ प्रतिशत रहेको भन्दै  लुम्बिनी प्रदेश तेस्रो नम्बरमा रहेको बताए ।  उनका अनुसार पहिलो सुदूरपश्चिम, दोस्रो कर्णाली र तेस्रोमा लुम्बिनी प्रदेशमा गरिबी रहेको छ । तर, लुम्बिनी प्रदेशमा देशभरको जम्मा गरिबी भन्दा बढि रहेको समेत उनले बताए । २० प्रतिशत हुनु पर्नेमा २४ दशमलव ३५ प्रतिशत रहेको भन्दै उनले लुम्बिनी प्रदेश सरकारी गरिबी कसरी अन्त्य गर्ने भन्ने कुरामा चुनौति रहेको समेत बताए । 

उनका अनुसार त्यही अनुसार प्रदेश सरकारले गरिबी निवारण गर्नको लागि आर्थिक विकासका कार्यक्रमहरू शुरु गरेको छ । गरिबी निवारण गर्नको लागि प्रत्येक नागरिकहरूले दैनिक २५६ भन्दा पनि आम्दानी गर्नु पर्ने हुँदा यहाँका नागरिकहरूलाई यो तामिल दिएर आत्मनिर्भर बनाउन लागेको बताए । शहरी उन्मुख गरिबी निवारण कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको ५, ६, ७ र ९ वडाका नागरिकहरूलाई तालिम प्रदान गरिएको बताए । यस्तै संस्थाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको  कार्यक्रममा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका गिरिराज पाण्डेले शहरमा रहेका गरिबहरूको संख्या न्यूनिकरण गर्नको लागि यो तामिल प्रदान गरिएको बताए ।

उनले यस तालिमले गरिबी निवारणमा हुने भन्दै प्रदेश सरकारी आर्थिक रुपमा समृद्धितर्फ लैजानमा  मदत पुग्ने समेत बताए । उनले तालिममा ऊर्जाशील ब्यक्तिहरू सहभागि भएको भन्दै संस्थाले दिएको सीपलाई सदुपयोग गर्न समेत आग्रह गरे । यो संसार गरि खानेहरूको लागि भएको भन्दै उनले गफ गरेर खानेहरूको लागि नभएको समेत स्पष्ट पारे ।  यस्तै कार्यक्रममा तुलसीपुर ६ की वडा सदस्य देवी पोख्रेलले संस्थाले सही ब्यक्तिहरूलाई तामिल दिएको भन्दै धन्यवाद दिइन् । उनले सीप सिकेर उत्पादन गरेको वस्तुहरूको बजारिकरणमा पनि ध्यान दिन आग्रह गरिन् । संस्थाकी  सदस्य टिका बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्था कोषाध्यक्ष प्रकाश केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस