२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

प्यूठानमा खाना महोत्सव सुरु

दाङ, ३० चैत । प्यूठान सदरमुकाम खलंगाको शिर मल्लरानीको पर्यटन प्रवर्द्धन लागि भन्दै शुक्रवारबाट खाना महोत्सव सुरु भएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार ईलाकाको आयोजनामा मल्लरानीमा खाना महोत्सव सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवले यहाँको नेवारी,मगर गरुङ संस्कृति, परम्परा, सँगै सुनसान खलंगालाई गुल्जार बनाउन पहल गर्ने आयोजक प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार ईलाका अध्यक्ष वासुप्रसाद श्रेष्ठले बताए ।

‘महोत्सवमा स्थानीय परिकारहरुको स्वाद लिन सकिन्छ,’ उनले बताए । प्यूठान र सुनसान बनेको जिल्ला सदरमुकामलाई गुल्जार बनाउन खाना महोत्सव सुरु गरिएको हो । 

 नेकपा एमालेका पोलिटब्युरो सदस्य प्युठान जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले फुड फेस्टिबलको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय झाँकी, र्याली प्रदर्शन गरिएको थियो । महोत्सव स्थल हेर्दा निकै आकर्षक र दुलही जस्तै सिँगारिएको छ । मेलाको अवलोकन गर्न स्थानीयको बाक्लो उपस्तिथि रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस