दाङ, २३ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसले विनिल केसीलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । गएराती अबेरसम्म बसेको उम्मेद्धार छनौट समितिको बैठकले कांग्रेसको तर्फबाट केसीलाई उम्मेद्धार बनाउने निर्णय गरिएको उम्मेद्धार छनौट समितिका संयोजक जगत खड्काले जानकारी दिएका हुन ।
उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसबाट विनिल केसी, ललितजंग शाह, मिनराज वली, जनक खराल लगाएका आकांक्षी देखिएपनि अन्तिममा विनिल केसीलाई उम्मेद्धार बनाएर चुनावमा जाने निर्णय भएको उनले बताएका हुन । कांग्रेसले विनिललाई उम्मेद्धार बनाएपछि उनीहरु अहिले रुष्ट भएका छन् । स्रोतका अनुसार असन्तुष्ट पक्षले अब अन्य दलसँग मिलेर ललितजंग शाहलाई उम्मेद्धार बनाएर अगाडी बढ्ने तयारी गरेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार