२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

मतदाता भन्छन —‘हाम्रो रोजाइ संयुक्त व्यवसायी प्यानल नै हो ’

दाङ, २७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचनको रौनक बढ्दै गएको छ । मत आफ्नो पक्षमा पार्नका लागि ललित जंग शाह अध्यक्ष रहेको संयुक्त व्यवसायीको प्यानलले चुनावी प्रचारलाई व्यापक बनाएको छ । पूर्वमा दुधरासदेखि पश्चिममा हंसपुरसम्म मत माग्न संयुक्त व्यवसायीको प्यानल दौडधुप रहेको चुनाव प्रचार प्रसार समितिका संयोजक मिनराज वलीले जानकारी दिएका छन । 

बिहानैदेखि राती अवेरसम्म मतदाता भेट्घाटको क्रममा रहेको संयुक्त व्यवसायीको प्यानललाई मतदाताले भेट्दा खुशी छन् । बिहिबार आज बिहान तुलसीपुरको ‘ङ’ लाइनसहित पिपलबोट, अस्पताल रोड लगायतका ठाउँमा मतादातासंग भेटघाट गरेपछि मतादाता हौसला थपेको छ ।

भेटघाटको क्रममा मतदाताले भने—‘हामीलाई खोजेको नेतृत्व संयुक्त व्यवसायी प्यानलमै छ, किनभने सबैका विचार अट्ने यहि प्यानल हो ।’ मतादाता भेटघाट अभियान तिब्र बनेको अध्यक्ष पदका उमेदवार ललित जंग शाहले बताएका हुन ।  

निर्वाचनको मिति नजिकिदै जाँदा कतिपय मतदाताले फोनबाटै मतदानका लागि प्रतिवद्धता जनाउने गरेको उनको भनाई छ । ‘हामी सबै मतदाताको घरमा पुग्ने कोशिस गरिरहेका छौँ ।’ उनले भने—‘कतिपय मतदाताले हामीलाई फोन गरेर तपाईहरु घरमा आउनुपर्दैन, हाम्रोतर्फबाट संयुक्त व्यवसायी प्यानललाई मतदान हुन्छ ।’

संघको बैशाख २९ गते हुने निर्वाचनमा आम मतदाता संयुक्त प्यानलको पक्षमा रहेको महासचिव पदका उमेदवार नरेन्द्र कुमार डाँगी (नरेश)ले बताएका हुन । ‘भेटघाटको क्रममा मतदाताको उत्साह निकै छ ।’ उनले भने—‘मतदाताको उत्साहले हामी पनि उत्साह भएका छौँ ।’

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस