दाङ, १३ असोज । युवा व्यवसायी, समाजसेवी तथा नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती नेपाली कांग्रेसको लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीसँगै घर्ती लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको पुष्टि भएको हो ।
सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका घर्ती पछिल्लो समय युवामाझ समेत लोकप्रिय मानिन्छन् । तरुण दल तुलसीपुर नगर अध्यक्षका रूपमा युवाका मुद्दा तथा सामाजिक गतिविधिमा सक्रिय घर्तीको निर्विरोध निर्वाचितलाई कांग्रेस कार्यकर्ताहरूले सकारात्मक रूपमा समेत लिएका छन् ।
घर्तीले आगामी दिनमा युवाको सहभागिता र नेतृत्व विकाससँगै पार्टी संगठनलाई थप मजबुत बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार

