२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

नेपाल आर्मीमा छनोट विद्यार्थीलाई सम्मान तथा बिदाइ

दाङ, १६ जेठ । फेलोसिप  ट्रेनिङ सेन्टर तुलसीपुर दाङले नेपाल आर्मीमा छनोट विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ । बुधबार एक कार्यक्रम गरी ६ जना छात्रा र २ जना छात्र गरी ८ जना नेपाल आर्मीमा छनोट भएकालाई सम्मान तथा बिदाई गरेको हो । सेन्टरका सञ्चालक राजु यरीको अध्यक्षतामा एवं नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले छनोट भएका विद्यार्थीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पछिल्लो समय १२ पास गर्ने बित्तिकै विदेश जाने चलन बढिरहेको भन्दै उनले आफ्नो देशमा बसेर देशको लागि सेवा गर्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरे ।

दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, तेक्वान्दो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष मोहन स्वर्णकार, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, लाइन्स क्लब दाङ क्यापिटलका अध्यक्ष दीपक केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संचार्कमी एच. आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस