२०८२ असार २८ गते शुक्रवार | 2025 July 11th Friday

राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ बाट नारायण वि क फोटोग्राफी विधातर्फ पुरस्कृत

दाङ, १७ जेठ । दाङ तुलसीपुरमा रहेको रोज फोटो एण्ड आर्डका संचालक नारायण वि क राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ बाट फोटोग्राफी विधातर्फ पुरस्कृत भएका छन । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनद्वारा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रादेशिक ललितकला प्रदशर्नी २०८० बाट राष्ट्रिय ललितकला प्रदशर्दनी २०८१ का लागि छनोट भइ वस्तुकला तथा अन्य सृजनात्मक कला अन्तर्गतको फोटोग्राफी विधातर्फ वि क ३० हजार नगत र प्रमाणपत्र सहित पुरस्कृत भएका हुन । 

फोटो ग्राफि विधा तर्फ लुम्बिनी प्रदेशबाट छनौट भई पुरस्कृत हुदा विकले खुसी ब्यक्त गरे । उनि दाङ जिल्ला फोटोग्राफरको उपाध्यक्ष समेत हुन । उनले लामो समय देखि फोटो ग्राफर, भिडियो र डकुमेन्ट्री बनाउदै आएका छन ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस