२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

सुनको भन्सार बृद्धिदर खारेजको माग 

दाङ, ३ असार । सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाउँन थालिएको भन्सार बृद्धि दर खारेजको माग गरेका छन ।  नेपाल सुनचाँदी व्यावसायीसंघ दाङले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महरालाई ज्ञापनपत्र बुझाउँदै भन्सार बृद्धि  रोक्न आग्रह गरेको हो । 

सुनचाँदी व्यावसायी संघ घोराही अध्यक्ष बिनोदकुमार विश्वकर्मा,महासचिव मानबहादुर सेर्पाली, लगायत जिल्ला कार्य समितिले मुख्यमन्त्री महरालाई भेटी ज्ञापनपत्र बुझाएको छ । सरकारले भन्सार बिधेयक मार्फत सरकारले १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥र्याउँन थालेको भन्दै त्यसलाई खारेज गर्न व्यवसायीहरुले आग्रह गरेका हुन । भन्सार बृद्धिदरले सुन व्यवसायी मारमा  परेको भन्दै तत्काल सरकारले यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए । देशभर बिस हजार सुन व्यवसायीले सुनको व्यापार गर्दै आएको भन्दै यसले दुईलाख नागगरिकलाई प्रत्येक्ष  रोजगार दिएको नेपाल सूनचाँदी व्यवसायी संघ घोराहीका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिएका हुन । 

सरकारले भन्सारको बृद्धि दर बढाउँदा सुन आयात घट्नुका साथै व्यवसाय बन्द हुदा लाखौको रोजगारी गुम्ने खतरा देखिएको विश्वकर्माले बताएका हुन । सरकारले भन्सार बृद्धिदर बढाउँदा सुन आयातको कोटा घट्ने हुदा राज्यले उठाउँदै आएको राजश्व स्वतह घट्ने उल्लेख गरिएको छ । ज्ञापज्ञपत्र बुझँदै मुख्यमन्त्री जोगबहादुर महराले व्यावसायीको मागको सन्र्दभमा प्रदेश सरकार गम्भिर रहेको बताएका हुम्ल्न ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीले जिल्ला प्रशासन कार्यालय दाङमा पनि  सुनको भन्सार बृद्धिदर  खारेजको माग गर्दै ज्ञापनपत्र बुझाँएको हो । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस