दाङ, ९ असार । शान्तिनगर गाउँपालिका स्तरीय किसान सञ्जाल गठन भएको छ । हेमन्त कुमार योगीको संयोजक १३ सदस्य सञ्जाल गठन गरिएको हो । शुक्रबार समुन्नति परियोजना युके, प्राक्टिकल एक्सन ( डिकोस ) दाङको आयोजनामा गाउँपालिका स्तरीय किसान सञ्जाल गठन गरिएको छ ।
गाउँपालिका ५ का वडाध्यक्ष ओपेन्द्र बहादुर रावतको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख अतिथिमा तथा उपाध्यक्ष प्रेमा बुढाथोकी केसी, प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको विशिष्ट आतिथ्यमा गठन भएको हो ।
जसको सहसंयोजनमा यशोधा वली , सचिवमा धर्म बहादुर केसी, कोषाध्यक्षमा मिना गिरि रहेका छन् । यस्तै सदस्यहरूमा रुद्र केसी , गुमान बहादुर खड्का , सुनिता चौधरी, रमन कुमार लामिछाने, सीता पौडेल , गायत्री भण्डारी , कालुराम चौधरी, गौरीलाल बिक र झग्गु प्रसाद वंशी रहेका छन् । कार्यक्रममा शान्तिनगर २ का वडाध्यक्ष सुनिल वली, ३ का वडाध्यक्ष मीन बहादुर केसी, ६ का वडाध्यक्ष शेर बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।