दाङ, ११ असार । घोराहि उपमहानगरपालिकालाई सफा र हरित नगर बनाउन विकास नगर टोल विकास संस्थाको महत्वपुर्ण भुमिका रहेको उपमहानगर का नगर प्रमुख नरुलाल चौधरिले बताएका छन ।
घोराहि उपमहानगरपालिका वडा नं १५ मा रहेको विकास नगर टोलले दैनिक रुपमा गर्दै आईरहेको फोहोर व्यबस्थापनमा सहयोग गरेको भन्दै फोहोर वर्गिकरण टोल घोषणा कार्यक्रममा बोल्दै प्रमुख चौधरिले यस्तो बताएका हुन । उनले टोलले गल्ने र नगल्ने फोहोर वर्गिकरण गरेर ब्यबस्थापन गर्दा गल्ने फोहोरलाई नगरले ग्याँस प्लान्टमा प्रयोग गर्ने र करेसाबारिमा प्रयोग गर्दा कम्पोस्ट मल बन्ने भन्दै नियमित यसरिनै फोहोर ब्यबस्थापन गर्न सम्पुर्ण टोलबासिलाई समेत आग्रह गरेका थिए । साथै उनले विकासनगरमा नेपालका वीर सहिदहरुको नामबाट बाटोको नामाकरण गरिएको भन्दै यसले टोल चिनाउन निकै मद्दत गरेको समेत चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख चौधरिले विकास नगर टोल विकास संस्थाका पदाधिकारिलाई सम्बोधन गर्दै नगरको स्थापना दिवसमा टोललाई सम्मान गरिने प्रतिबद्दता ब्यक्त गरेका थिए । विकासनगर टोलमा मुख्य बाटोमा बृक्षारोपन गरि ,टोललाई गुट्खामुक्त टोल घोषणा गरि बिक्रि वितरण तथा प्रयोगमा पुर्ण रुपमा निषेध लगायतका नमुना कामहरु टोलमा भएका छन ।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेकि घोराही उपमहानगरपालीका उप प्रमुख हुमा डिसिले सिंगो घोराही उपमहानगरपालीकालाई पुर्णरुपमा फोहोर वर्गिकरण गर्ने , फोहोरलाई मोहोरमा बदल्न र फोहोरलाई ग्रेडिङ गर्न पनि यहि विकासनगर टोल विकास संस्थाबाट सिक्ने बताएका हुन ।
साथै मानविय विकासका कुरा सामाजिक विकासका कुरा र सरसफाई अभियानका कुराहरु समेट्दै अगाडि बढेको हुनाले यस टोलले काममा सफलता पाएको उनले बताएका हुन । कार्यक्रममा घोराही उपमहानगरपालीका वडा नं १५ का वडा सदस्य लेखनाथ बुढाथोकिले पनि टोलको काम कार्यको प्रशंसा गर्दै शुभकामना मन्तब्य राखेका थिए ।
टोलका अध्यक्ष बेचन वलीले आफुले गरेको कामको उच्च मुल्याङकंन गर्दै उपमहानगरले विकास नगरटोल लाई पुर्ण रुपमा फोहोर वर्गिकरण टोल घोषणा गरेको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।
घोराही उपमहानगर सरसफाई ब्यबस्थापन शाखाको आयोजनामा भएको कार्यक्रममा टोल अध्यक्ष बेचन वलीले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए भने कार्यक्रमको सहजिकरण सरसफाई ब्यबस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले गरेका थिए ।