२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

बिरामीको स्वास्थ संग खेलबाड कहिलै नङ त कहिलै किरा भेटिन्छ हस्पिटलको चमेना गृहमा

दाङ, २४ असार । दाङ तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको गेटभित्र रहेको राप्ती नास्ता पसल (चमेना गृह) मा नास्ता खादा कहिलै मान्छेको नङ त कहिलै किरा प्लेटमा भेटिएको पाइएको छ ।

केहि समय अगाडि चाउमिन सँगै मान्छेको नङ फेला परेको खबर सार्वजनिक भएको थियो, भने अहिले त्यहीँ हस्पिटलना कार्यरत एक नर्सले चाउमिन खादा प्लेटमा किरा भेटिएको खबर बाहिर आएको छ ।

अस्पतालमा उपचार गर्न जाने बिरामीहरु , बिरामी कुरुवा हरु र त्यहाँका कर्मचारी सबैले त्यहाँ नास्ता खाने गर्छन तर बारम्बार अस्पतालको क्यान्टिन जस्तो ठाउँमा हुने यो लापरबाहीले बिरामीहरुको जिबन संग खेलबाड गरेको एक सेवाग्राहीले बताएका छन् ।

उता पसल सञ्चालक शुसिल वलीले भने यो बिषयमा आफु अल्लमल्लमा परेको प्रतिकृया दिएका छन । आफु लगाएत स्टाफहरु सबैले यसतर्फ राम्रोसँग नहेर्नु आफ्नो पनि कमजोरी रहेको स्विकार गर्दै अब यस्ता कमजोरी नदोहोरिने बताएका छन । आगामी दिनमा यसलाई सुधार गर्दै लैजाने उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस