२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

लुम्बिनी प्रदेशमा १० दिन पछि मन्त्रीहरूको कार्यविभाजन

दाङ, १८ साउन । लुम्बिनी प्रदेशमा मन्त्रीहरूले शुक्रबार जिम्मेवारी पाएका छन् । गत साउन ९ गते विना विभागीय मन्त्री बनेको नेकपा एमाले र काङ्ग्रेसका ८ जना मन्त्री १० दिनपछि जिम्मेवार पाएका हुन् । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९ ) बमोजिम प्रदेश प्रमुख  कृष्ण बहादुर घर्तीमगरले मन्त्रीहरूको कार्यविभाजन गरेको हुन् ।  

जसमा अनुसार काङ्ग्रेसबाट मन्त्री बनेका धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालय, बादशाह कुर्मीलाई  वन तथा वातावरण र प्रचण्डविक्रम न्यौपानेलाई  उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा काङ्ग्रेसले अझै एक जना मन्त्री पठाउन बाँकी छ ।

 यस्तै एमालेबाट मन्त्री बनेको भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीलाई  कृषि तथा भूमि व्यवस्था मन्त्रालय,  खेम बहादुर सारूलाई स्वास्थ्य मन्त्रालय र सीता शर्मालाई  ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । लुम्बिनीमा १२ मन्त्रालय रहेकोमा  एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालय र काङ्ग्रेसलाई र  २ मन्त्रालय साना दललाई  दिने गरी बाँडफाँड गरिएको थियो । अहिले मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालय आफैँले राखेका छन् । 

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस