२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

फोनिज दाङको २५ आस्थापना दिवसमा रक्तदान

दाङ, २७ साउन । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङको २५ औं स्थापना दिवस आज मनाइएको छ । स्थापना दिवसको अवसरमा रक्तदान गरिएको महासंघका अध्यक्ष प्रेम राम्जा मगरले जानकारी दिएका हुन । आदिवासी जनजाती पत्रकार महासंघ दाङको आयोजना र रक्त संचार केन्द्र तुलसीपुरको समन्वयमा गरिएको रक्तदान कार्यक्रममा जीवन चन्द, सञ्जय घर्ती, चेतना न्यौपाने, दुर्गा भण्डारी लगायतले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी तुलसीपुरस्थित रक्त संचार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएपछि रक्तदान नै जीवनदान भन्ने उद्देश्यले रक्तदानको आयोजना गरिएको अध्यक्ष राम्जाले बताएका हुन । कार्यक्रमको सहजीकरण दिप्ती शिखा चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस