२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

प्रदेश स्तरीय “मिसेज लुम्बिनी प्रदेश–२०८१” हुदै

दाङ, १७ भदौ । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा  प्रदेश स्तरिय “मिसेज लुम्बिनी प्रदेश–२०८१” कार्यक्रमको आयोजना हुने भएको छ । आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले यसबारे जानकारी दिएका छन् । 

क्लबका अध्यक्ष ओम जैसीका अनुसार महिला शसक्तिकरण गर्ने मूख्य उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । यस संगै छात्र शिक्षा र भैरहवामा आईसियु जडित एम्बुलेन्स खरिद गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको उनले बताए । 

प्रतियोगितामा सहभागी हुनेका लागी भाद्र १७ गतेबाट फारम खुल्ला हुने कार्यक्रम संयोजक देवी गुरुङ्गले जानकारी गराइन । गुरुङका अनुसार भैरहवाको काशी सिनेप्लेक्समा रहेको सचिवालय वा खल्ती एपबाट फारम भर्न सकिनेछ । आगामी  कार्तिक १ गतेदेखि १२ गतेसम्म लुम्बिनी प्रदेशको राजधानी दाङ र भैरहवा गरी दुई स्थानमा प्रतियोगिताको अडिसन हुनेछ। कार्तिक २३ गतेबाट क्लोज क्याम्प सुरु गरि मंसिरको १५ गते विजेता घोषणा गरिने क्लबका अध्यक्ष ओम जैसीले जानकारी गराए ।

प्रतियोगितामा प्रथम हुनेले आकर्षक क्राउन सहित नगद ५१ हजार, फर्स्ट रनर अफले क्राउन सहित नगद ३१ हजार र सेकेण्ड रनर अपले क्राउन सहित सहित नगद २१ हजार रुपैया प्राप्त गर्ने गुरुङ्गले जानकारी दिइन । २० वर्ष पुरा भएका लुम्बिनी प्रदेशका विवाहित जुनसुकै महिला पनि कार्यक्रममा भाग लिन पाउने छन् । सरीता रानाको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले शुभकामना मन्तब्य राखेकी थिईन । 

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस