
दाङ, १७ भदौ । दाङ भ्याली यातायात प्रा.लिले प्राकृतिक बिपत्त पहिरोबाट पिडित हुनुभएका आफ्ना ब्यवसायीलाई आर्थिक सहयोग गरेको छ । दाङ भ्याली यातायात प्रा.लिमा आबद्ध ब्यवसायी सोमराज परियारलाई संस्था र ब्यवसायीहरुबाट उठेको रु १०,६००।- सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका कार्यालय प्रमुख महेन्द्र महराले बिपत्तको घडीमा घाउमा मलम लगाउने काम संस्थाले गरेको बताएका हुन । संस्थाले बिभिन्न समयमा यि यस्ता सहयोगका कामहरु गर्दै पनि आएको उनले स्मरण गराएका हुन ।
मिति २०८१।०५।०३ गते बिहान अन्दाजी ३:०० बजेको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं २ दल्लीडाँडा गाउँ स्थित पहिरोमा परी यातायात ब्यबसायी सोमराज परियारका बुवा लाल बहादुर परियार,आमा मनिषा परियार र २ वर्षिय भाई शुभम परियारले ज्यान गुमाएका थिए । मृतक तिनै जना सुतिरहेको अवस्थामा माथिबाट आएको पहिरो उनीहरु तिनै जनालाई पुरेको थियो ।