२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

टरिगाउँ विमानस्थलबाट मङ्गलबार पनि उडान हुने

दाङ, २९ भदौ । टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान भर्ने नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार अब विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस