२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

घाेराही लमही सडक खण्ड अवरुद्ध

दाङ, ५ असोज । दाङ-लमही-घाेराही सडक खण्ड अवरुद्ध भएको छ । घाेराही उपमहानगरपालिका-३ मुसाेट खाेला उकालाेमा सिमेन्ट उद्योगकाे खरानी बाेकेकाे ट्रक र टिप्पर एक आपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हाे ।

रा १ क १३४८ नम्बरकाे ट्रक र बा ७ त ५६७७ नम्बरकाे टिप्पर ठाेक्किदा बाटाे अवरुद्ध भएको छ । लमहीबाट घाेराही जाने सवारीसाधन र घाेराहीबाट लमही आउने सवारीसाधन विचमा अलपत्र परेका छन ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस